२५ फाल्गुन २०८२, सोमबार
नेपाली कांग्रेसको इतर पक्षधर बैठकले केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेको निष्कर्षसहित प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको शेखर कोइराला पक्ष नेताहरूको बैठकले अनुशासन समितिले गरेको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेता गुरुराज घिमिरेले बताए ।


पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्नेमा अढाइ वर्षपछि कारबाहीको निर्णय बाहिर आउनु आफैँमा विधान र नियमावलीविपरीत रहेको उनको भनाइ छ ।
घिमिरेले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने गरी पक्षपातपूर्ण र गुट प्रेरित ढंगले कारबाही भएको आरोप लगाए । यस विषयमा शेखर कोइराला लगायतका नेताहरूले सभापतिसँग कुरा गर्ने घिमिरेले सुनाए ।
छानीछानी निशाना बनाइएको साथै सचेत गराउँदा हुनेमा राजनीति सिध्याउन खोजिएको कोइराला समूहको निचोड छ ।