नेकपा स्थायी समिति बैठक सम्पन्नः भीम रावलद्वारा छुट्टै लिखित दस्तावेज पेश

होमल्याण्ड खबर

२०७५ पुष ३ गते, मंगलवार १३:१९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सम्पन्न भएको छ ।

मंगलबार बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक ११ बजे सकिएको हो ।

आजको बैठकमा नेताहरु शंकर पोख्रेल, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, योगेश भट्टराई र सोमनाथ अधिकारीले धारणा राखेका छन् ।

बैठकको सुरुमा नेकपाका नेता भीम रावलले छुट्टै लिखित दस्तावेज पेश गरेका छन् ।

उनले पेश गरेको १४ पृष्ठ लामो लिखित दस्तावेजमा नेकपाको विधानका सम्बन्धमा उठेका विषयदेखि चुनावी घोषणापत्र, कार्यदलको प्रतिवेदन, त्यसको कार्यान्वयन लगायतका विषय समावेश छन् ।

साथै उनले राजधानीमा केही दिनअघि सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सरकार सहआयोजक बनेकोमा रावलको तीव्र आक्रोश पोखेका छन् ।

उनले धर्मपरिवर्तन गराउनका लागि गतिविधि गर्दै आएको विवादास्पद् संस्थाको कार्यक्रम नेपालमा गर्न दिएको र त्यसमा सरकार सहआयोजक बनेकोमा रावलको आपत्ति व्यक्त गरेको नेताहरुले बताएका छन् ।

अर्को बैठक बुधवार बिहान ८ बजेबाट शुरू हुनेछ ।