२७ फाल्गुन २०८२, बुधबार
व्यवसायीले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराए व्यवसाय करमा छुट पाउने भएका छन् ।
काठमाडौं महानगरले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरेको हो । ‘महानगरपालिकासँगको सहकार्यमा सार्वजनिक शौचालय उपलब्ध गराउने निजी व्यवसायीको हकमा व्यवसाय करमा ४० प्रतिशतसम्म छुट दिने’ महानगरले आफ्नो बजेटमा व्यवस्था गरेको छ ।


काठमाडौं महानगरमा बालेन शाह मेयर निर्वाचित भए लगत्तै निजी व्यवसायीले सार्वजनिक शौचालय सेवा उपलब्ध गराउन सुरु गरेका थिए ।