२५ फाल्गुन २०८२, सोमबार
सरकार गठनको एक वर्ष पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डलका सदस्य हेरफेरकाे तयारीमा लागेका छन् । मन्त्रीमण्डल हेरफेरसँगै सरकारलाई दिएकाे समर्थन फिर्ता लिएका उपेन्द्र यादव नेतृत्वको जसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् ।
प्रधानमन्त्री निकट स्राेतका अनुसार उपेन्द्र यादवलाई स्वास्थ मन्त्रालयकाे जिम्मेवारी दिने तयारी छ । यादव आफै उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्री बन्ने चाहना राखेका छन् । उपप्रधानमन्त्री नपाएको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादवलाई पठाउने विकल्पपनि उपेन्द्रले अघि सारेका छन् ।


यस्तै पर्यटन मन्त्रालयमा राज्यमन्त्री रहेका नागरिक उन्मुक्ति पार्टीलाई फुलमन्त्री दिने तयारी छ । यसअघि रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्ने तयारीमा रहेकोमा जग्गाकाण्डकाे अडियाेमा उनी मुछिएपछि अहिलेका राज्यमन्त्री अरुण चाैधरीनै फुलमन्त्री बन्ने सम्भावना छ ।
यसाे गर्दा कांग्रेस र एमालेको एक/एक मन्त्री घट्ने र नयाँ दुई दलले दुई मन्त्रालय पाउने छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको घाेषणापछी प्रधानमन्त्री ओली विश्वाँसको मत लिनुपर्ने दवावमा छन् । विश्वासको मत लिँदा हुनसक्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलबाट सत्ता जाेखिममा पर्ने आँकलनसहित ओली अहिले उपेन्द्र यादव र रेशम चाैधरीलाई फकाउन लागेका हुन् ।
उनले चाैधरीलाई केही दिनअघि भेटेर सरकारमा सहभागीताबारे मनाइसकेकाे बताइन्छ । यस्तै उपेन्द्र यादवलाई पनि साेमबारसाँझ भेटेर प्रधानमन्त्री ओलीले फकाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच साेमबारसाँझ छलफल भएको थियाे ।