२२ फाल्गुन २०८२, शुक्रबार
भारी वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल आधा घण्टा पछि सरेको छ। अब नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार सवा ७ बजे हुने छ।
ढाकामा एकदमै ठूलो पानी परेको थियो। केही स्थानहरूमा डुवान पनि भएको छ। बंगलादेश र भुटानको पहिलो खेल पनि भारी वर्षाको कारण रोकिएको छ।


आजको पहिलो खेल बंगलादेश र भुटान बीचको खेल पनि पहिलो हाफ सकिएपश्चात सुरु हुन सकेको छैन। पहिलो हाफमा बंगलादेशले भुटान विरुद्ध १(० को अग्रता बनाएको छ।