२४ फाल्गुन २०८२, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा ओली भदौ अन्तिम साता दुई दिने भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले ओलीका लागि औपचारिकरूपमा रातो कार्पेट बिछ्याउन लागेको हो ।


ओली नेतृतवको प्रतिनिधिमण्डल आगामी भदौ ३१ मा दिल्ली जाने र असोज १ गते काठमाडौं फिर्ता हुने मिति तय भएको बालुवाटार स्रोतले जानकारी दियो ।
ओली प्रधानमन्त्री भएयता दुई देशका प्रधानमन्त्रीबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भएका थिए । तर, दुवै प्रधानमन्त्रीले एक अर्का देशको भ्रमण गरेका छैनन् ।