पार्टी कार्यालयमा अध्यक्ष ओली र नेतृ भण्डारीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८२ श्रावण ५ गते, आईतवार १६:४० मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्या देवी भण्डारीबीच भेटवार्ता भएको छ। ललितपुरस्थित पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच छलफल हुन लागेको हो। छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य कर्ण थापालगायत सहभागी छन्।