१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ, १ फरार

होमल्याण्ड खबर

२०८२ श्रावण ६ गते, सोमबार १२:२३ मा प्रकाशित

धादिङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका ३ बस्ने १९ वर्षीय अमृतजंग मल्लसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न १ जना फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ