२४ फाल्गुन २०८२, आईतवार
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सम्बन्धित मन्त्री घूस प्रकरणमा मुछिएर पदमै रहेको बेलामा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद रहेको बताएका छन् ।
नेता डा. कोइरालाले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरी भूमि विधेयकमा समितिमा गहन छलफल गर्नुपर्ने बताएका हुन् ।


डा.कोइरालाले सामाजिक सञ्जालमा कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नरहेको पनि बताएका छन् ।
‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ ।
यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन,’ कोइरालाले लेखेका छन्, ‘पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’