२२ फाल्गुन २०८२, शुक्रबार
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।