२४ फाल्गुन २०८२, आईतवार
सभामुख देवराज घिमिरेले संसद्मा बिहीबार विषय विचार गरेर बोल्न रुलिङ गरेका छन्।
नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको आलोचना गरेपछि सभामुख घिमिरेले त्यस्तो रुलिङ गरेका हुन्।


राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरु भने बिहीबार ५९ औं दिन पनि आफ्ना कुरा राखेर बाहिरिएका छन्।
दिउँसो १ बजेका लागि तय भएको बैठक केही ढिलोगरी सुरु भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरेका थिए।
सभामुखले समय दिएपछि भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि सरकार तयार नभएको आरोप उनीहरूले लगाए। भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने उनीहरूको माग छ।
यही माग राखेर गत जेठ १३ देखि प्रतिनिधि सभामा यी दुई दलले विरोध गर्दै आएका छन्।