२४ फाल्गुन २०८२, आईतवार
नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरसम्म भइसक्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिटौलाले ४ वर्षे कार्यकाल आगामी मङ्सिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए ।
सिटौलाले कांग्रेस महाधिवेशन चार वर्षमा कहिल्यै नभएको भन्दै २०८३ को दसैँको सेरोफेरोमा हुने बताए । उनले भने, ‘कांग्रेसको महाधिवेशन आजसम्म चार वर्षमा कहिल्यै भएको छैन । चार वर्षको कार्यकाल हो, एक वर्ष म्याद थप्न पाइन्छ ।’


साथै उनले कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्य नवीकरण नटुंगिएको जानकारी दिए । क्रियाशील सदस्य नवीकरण असोज मसान्तमा टुंग्याउने भएपछि मङ्सिरमा महाधिवेशन सम्भव नरहेको बताए । सिटौलाले महाधिवेशन २०८३ को मंसिरभन्दा पछाडि भने लैजान नहुने बताए ।