गोसाइँकुण्डमा बेपत्ता तीर्थालुको शव फेला

होमल्याण्ड खबर

२०८२ श्रावण १३ गते, सोमबार १३:०० मा प्रकाशित

रसुवास्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा बेपत्ता भएका तीर्थालुको शव फेला परेको छ ।

आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका मोरङको विराटनगरका सुजन ढकाल र बेलाबारीका मनोज न्यौपानेको उद्धारका लागि श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले शव कुण्डबाट निकालेको हो ।

उनीहरूको खोजीका लागि नेपाली सेना  श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका थिए ।