२६ फाल्गुन २०८२, मंगलवार
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।
कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा आज भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएका हुन् ।


भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले ठक्कर दिएको हाे। दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ ।
दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । गाडीमा भने क्षति पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।