२४ फाल्गुन २०८२, आईतवार
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ । आन्तरिक विवाद चर्कँदै गएपछि पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
अध्यक्ष क्षेष्ठलाई हटाएसँगै पार्टीको नयाँ अध्यक्ष चयनबारे राष्ट्रिय भेलामा छलफल अगाडि बढाइएको अनुशासन आयोगका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारूले बताए । नागरिक उन्मुक्तिको राष्ट्रिय भेला जारी छ, आज ११ बजे बस्ने भेलामा नयाँ अध्यक्ष चयन गर्ने विषयमा छलफल हुन्छ,’ उनले भने ।


पार्टीका संस्थापक २१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्यले केन्द्रीय समिति बैठक बोलाउन आग्रह गर्दा पनि बेवास्ता गरेको, अनुशासन आयोगलाई स्पष्टीकरणको जवाफ नबुझाएको, पार्टीको विधान नमानेको कारण देखाएर भेलाले अध्यक्षलाई हटाउने निर्णय गरेको हो ।
त्यस्तै, आफूखुसी कार्यवाहक अध्यक्ष तोकेको र भ्रष्टाचार काण्डमा मुछिएका कारण उनलाई हटाउने निर्णय गरिएको डगौराले जानकारी दिए ।