कुलिङ पिरियड छेडखानीमा सभापति खतिवडा र मुख्यसचिव अर्याल दोषी ठहर

होमल्याण्ड खबर

२०८२ श्रावण २१ गते, मंगलवार १२:४५ मा प्रकाशित

संघीय निजामति सेवा विधेयक षडयन्त्रमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर भएका छन् ।

लामो छलफलपछि मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएकाे हाे । समितिका ७ जनाले नै हस्ताक्षर गरेर प्रतिवेदन फाइनल गरेका हुन् ।

सदस्य ईश्वरी घर्तीका अनुसार खतिवडा नैतिक जिम्मेवार ठहर भएका हुन् भने मुख्यसचिव अर्यालले पदीय आचरण विपरित क्रियाकलाप गरेको ठहर समितिको छ । समितिले प्रतिवेदन आज प्रतिनिधिसभामा प्रस्तुत गर्दैछ ।