विपिनको रिहाइका लागि कूटनीतिक पहल गर्न भट्टराईको ध्यानाकर्षण

होमल्याण्ड खबर

२०८२ श्रावण २१ गते, मंगलवार १४:५५ मा प्रकाशित

नेकपा एमालेका सांसद योगेश भट्टराईले विपिन जोशीको रिहाइका लागि सरकारलाई अझै कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले २ jर्षदेखि बेपत्ता रहेका जोशीबारे प्रभावकारी कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘हाम्रा नेपाली युवा विपिन जोशी २०२३ अक्टोबर हमासद्वारा कब्जा गरी बन्धक बनाइएको २ वर्ष बित्न लागेको छ आजसम्म पनि उहाँको स्थिति सार्वजनिक भएको छैन’, भट्टराईले भने, ‘म नेपाल सरकारलाई विपिन जोशीको सन्दर्भमा अझै प्रभावकारी कूटनीतिक पहल गर्नका निम्ति ध्यानाकर्षण गर्दछु ।’

उनले नेपालले कुनै पनि देशलाई शत्रु राष्ट्र नठान्ने भन्दै नेपाली नागरिक वा नेपाली सेना कुनै पनि दुई राष्ट्रबिचको युद्धमा सामेल नभएको बताए ।

‘यस्तो अवस्थामा पनि नेपाली नागरिकहरू विभिन्न देशमा बन्धक हुनु दुखको कुरा हो’, भट्टराईको भनाइ छ ।