फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ

होमल्याण्ड खबर

२०८२ श्रावण २३ गते, बिहीबार १०:५९ मा प्रकाशित

सरकारले माग पूरा नगरेपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ ।

आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने तयारी गरिएको लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनका अनुसार आज दिउँसो १ बजे बबरमहलमा बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् ।

यता, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि छलफल चलिरहेको छ ।

समितिले विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी आज नै बैठक बोलाइएको बताइएको छ ।

शिक्षकको आवधिक बढुवाको विषयमा सहमति जुटेको पनि दाबी गरिएको छ ।