२४ फाल्गुन २०८२, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
रास्वपाले साउन ७ गतेदखि २१ गते अपराह्न ५ बजेसम्म उम्मेदवारीका लागि आवेदन माग गरेको थियो। त्यसमा ९ जनाको उम्मेदवारी परेको पार्टीको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।


आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (शेखर), कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन्।
यी नामहरू उपर शुक्रबार र शनिबार दाबी विरोध आह्वान गरिएको छ।
शनिबार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ।