सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

होमल्याण्ड खबर

२०८२ श्रावण २७ गते, सोमबार १०:१८ मा प्रकाशित

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिए ।

निधन हुनेको पहिचान खुलेको छैन । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता खतिवडाले बस चालक  झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।