रवि लामिछानेलाई भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली

होमल्याण्ड खबर

२०८२ श्रावण २७ गते, सोमबार १३:४९ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो ।

कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।

टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाए ।