रामहरिले राजीनामा दिँदा पनि गृहमन्त्रीको नैतिकता जागेन: चन्दा कार्की

होमल्याण्ड खबर

२०८२ श्रावण ३० गते, बिहीबार १४:२८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको आरोप लगाएकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । गृहमन्त्रीको भूमिकाप्रति गम्भीर प्रश्न उठाएकी हुन्।

उनले भनिन्, , ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो । तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन ।’

रास्वपाले भिजिट भिसासम्बन्धी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आएको छ। सोही विषयमा निष्पक्षता सुनिश्चित गर्न गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानको वातावरण सहज बनाउनु पर्ने माग पार्टीले गर्दै आएको छ। यही मागका कारण रास्वपाले विगत ८० दिनदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गरिरहेको छ।