कैलालीमा आमाछाेरी झुन्डिएको अवस्थामा मृत फेला

होमल्याण्ड खबर

२०८२ भाद्र १ गते, आईतवार १६:३१ मा प्रकाशित

कैलालीको घोडाघोडी नगरपालिकामा एक महिला आफ्नी १० महिने छोरीसहित मृत फेला परेकी छिन् । उनीहरू साउन २९ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी छोरी अनुजा चौधरी घर नजिकैको गौरीशंकर सामुदायिक वनमा झुन्डिएको अवस्थामा आइतबार मृत फेला परेका हुन् ।

आमा र छोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि टीकापुर अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।