शिक्षा विधेयक पारित गरेर संसदमा लैजानु पर्छ : सांसद सिंह

होमल्याण्ड खबर

२०८२ भाद्र ५ गते, बिहीबार ११:१२ मा प्रकाशित

जनमत पार्टीकी सांसद विनिताकुमारी सिंहले विधेयक पास गरेर प्रतिनिधिसभासम्म पुर्‍याउनु पर्ने बताएकी छन् ।

शिक्षक सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विवादित विषय मिलाएर प्रतिनिधिसभासम्म पुर्‍याउनु पर्ने बताएकी हुन् ।

उनले शिक्षकलाई पाँच वर्षसम्म सरुवा नहुने प्रावधान मिलाउन पर्ने बताइन् । शिक्षकहरूले टेलिफोन गरेर पाँच वर्षसम्म सरुवा नहुने व्यवस्थामा आपत्ति जनाउने गरेकाले मिलाउन पर्ने उनको भनाइ छ ।