नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्र कुवेर खापुङ नियुक्त

होमल्याण्ड खबर

२०८२ भाद्र १३ गते, शुक्रबार १२:४३ मा प्रकाशित

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त  गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ नेपाल प्रहरीको ३२ औं आईजीपी नियुक्त भएका हुन्।

हालका आईजीपी दिपक थापा यही भदौ १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो।