प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा

होमल्याण्ड खबर

२०८२ भाद्र १५ गते, आईतवार १०:२७ मा प्रकाशित

पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीनियाँ धान खेतीको अवलोकन गरेका छन् ।

चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेका हुन ।