२४ फाल्गुन २०८२, आईतवार
नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सयौँ नागरिक ठगिएको प्रकरणको अन्तिम सुनवाइ सुरु भएको हो । ३३ जना प्रतिवादी रहेकाे याे मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको छ ।


याे प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि जेलमा रहेका छन् । कांग्रेस नेता बालकृष्ण खाँण भने धरौटीमा छुटेका छन् । अन्य अभियुक्तहरू कारागारमै छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।