२६ फाल्गुन २०८२, मंगलवार
एसवाई प्यानलको आईपीओ भदौ २९ देखि खुल्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारमा रहेकाले छिटोमा असोज १ गतेसम्म र स्थानीय प्रभावितले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।


जसमध्ये २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेकाहरूका लागि छुट्याइएको छ । उद्योग प्रभावित क्षेत्रका रुपमा चितवन जिल्लाको रत्ननगरपालिकाका सबै वडाहरू समेटिएका छन् ।