अन्तरिम प्रधानमन्त्री कार्कीलाई चीनको स्वागत र बधाई

होमल्याण्ड खबर

२०८२ भाद्र २९ गते, आईतवार ११:०५ मा प्रकाशित

चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा स्वागत र गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै नेपाल र चीनबीचको ऐतिहासिक मित्रता उल्लेख गर्दै नेपालले जनताको इच्छाअनुसार रोजेको स्वतन्त्र विकास मार्गप्रति सम्मान व्यक्त गर्ने जनाएको छ।

“चीन नेपालसँग पाँच सूत्रीय सहअस्तित्वका सिद्धान्तलाई अघि बढाउन, विभिन्न क्षेत्रमा आदान–प्रदान र सहकार्यलाई सुदृढ गर्न तथा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन तयार छ,” वक्तव्यमा उल्लेख गरिएको छ।