सुनको मूल्यले बनायो नयाँ रेकर्ड,प्रतितोला कति पुग्यो ?

होमल्याण्ड खबर

२०८२ भाद्र ३१ गते, मंगलवार १०:५४ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।