२४ फाल्गुन २०८२, आईतवार
जेन–जी आन्दोलनमा घाइते भएकाहरू आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार गएका छन् । प्रधानमन्त्री कार्कीलाई आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट्दै छन् ।
उनीहरूले आन्दोलनमा भएका घाइतेहरूको अवस्थाबारे ब्रिफिङ गर्नेछन् । साथै, आन्दोलनको स्पिरिटअनुसार अघि बढ्न दबाब दिन पनि उनीहरू प्रधानमन्त्री कार्कीलाई भेट्न लागेका हुन् ।

