राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

होमल्याण्ड खबर

२०८२ आश्विन ५ गते, आईतवार १५:०० मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले सङ्घीय संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आइतबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।