सिआईबी प्रमुखमा केसी नियुक्त

होमल्याण्ड खबर

२०८२ आश्विन ६ गते, सोमबार १०:४४ मा प्रकाशित

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसी नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद्ले एआईजी केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएका केसीलाई तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको दबावका कारण पदबाट हटाइएको थियो।

कांग्रेस नेत्री डा. आरजु राणाविरुद्ध अनुसन्धान अगाडि बढाउनासाथ केसी त्यहाँबाट हटाइएका थिए।

एआईजी केसी फेरि सिआईबी प्रमुखका रूपमा सरुवा भएका छन्। ललिता निवास प्रकरणको अनुसन्धान पनि उनै केसीले गरेका हुन्।