सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीले पनि बनायो नयाँ रेकर्ड

होमल्याण्ड खबर

२०८२ आश्विन ६ गते, सोमबार १२:२५ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख १७ हजार ८०० कायम भएको छ।

अघिल्लो दिन आइतबार एक तोला सुन २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार एक तोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।