शिक्षा मन्त्रालयको सेवा लैनचौरस्थित केशरमहलबाट सुरु

होमल्याण्ड खबर

२०८२ आश्विन ६ गते, सोमबार १२:५५ मा प्रकाशित

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ ।

सोही कारण शिक्षा मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ ।

उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुनेछ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् ।