२४ फाल्गुन २०८२, आईतवार
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार विस्तार गरेकी छन्।
उनले सोमबार चार जना मन्त्री थप गरेकी छन्। चारै जनाले राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएका छन्।


सोमबारै शपथ लिनेमा अनिलकुमार सिन्हा उद्योगसहित, कानुन, महावीर पुन शिक्षा, मदन परियार कृषि र जगदीश खरेलले सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारीसहित शपथ लिएका हुन्।
अब कार्की मन्त्रिपरिषद ८ सदस्यीय बनेको छ। यसअघि कार्कीसहित मन्त्रिपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले जिम्मेवारी सम्हालेका थिए। खनाल अर्थ, घिसिङ उर्जा र अर्यालले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
यसैबीच अर्यालको जिम्मामा रहेको कानून मन्त्रालयको जिम्मेवारी पूर्वन्यायाधीश समेत रहेका सिन्हालाई थप गरिएको छ।