मन्त्री क्वार्टर चाहिँदैन्, मन्त्रालयमै एउटा कोठा दिनुस : मन्त्री पुन:

होमल्याण्ड खबर

२०८२ आश्विन ६ गते, सोमबार १६:३४ मा प्रकाशित

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुनले आफुलाइ मन्त्री क्वार्टर नचाहिने बरु मन्त्रालयमै बस्ने बताएका छन् ।

पदभार ग्रहणपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले मन्त्रालयमै बस्ने ब्यवस्था मिलाउनका लागि आफुले सुरक्षाकर्मीसँग भनेको बताएका हुन् ।

उनले मन्त्रालयमै बस्नका लागि एउटा कोठाखाट र किचन चाहीने पनि बताएका छन् ।