प्रहरीले लियो महेश बस्नेतको बयान

होमल्याण्ड खबर

२०८२ आश्विन २२ गते, बुधबार ११:३७ मा प्रकाशित

नेपाल प्रहरीको साइबर ब्यूरोले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको बयान लिएको छ । बुधबार बिहान उनलाई बोलाएर साइबर ब्यूरोले बयान लिएको हो जनाएको छ ।

उनी विरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जनाइएको छ । बस्नेत विरुद्ध साइबर क्राइमको आरोप लागेको हो ।