२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको जनाइएकाे ।
आजको बैठक दिउँसो एक बजे बोलाइएको छ ।बैठकमा सहभागीहरुले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रमकमा केन्द्रित भएर धारणा राख्दै आएका छन् ।

