२३ फाल्गुन २०८२, शनिबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक हिजो (बुधबार) देखि जारी छ । ललितपुरको एक होटलमा जारी बैठकमा अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरूलाई ३ मिनेटको समय छुट्याइएको छ ।
‘धेरैजसो नेताहरूले आफ्ना कुरा तोकिएको समयमा नसकिएपछि लिखित पनि बुझाउनुभएको छ,’ बैठक स्रोतले भन्यो । उद्घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन् । अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।


यसबारे पनि केन्द्रीय कमिटीले निर्णय लिनेछ ।