युएईविरुद्ध नेपालको १०० रन पूरा

होमल्याण्ड खबर

२०८२ कार्तिक १४ गते, बिहीबार १३:१९ मा प्रकाशित

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालले घरेलु टोली युएईविरुद्ध १०० रन पूरा गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले २५.२ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो ।

हाल क्रिजमा कप्तान रोहितकुमार पौडल ३३ रन र आरिफ शेख १७ रन बनाएर खेलिरहेका छन् । यसअघि ओपनर आशिफ शेख ४८ बलमा ३५ रन बनाएर आउट हुँदा कुशल भुर्तेल ७ रन तथा भीम सार्की ३ रनमा पवेलियन फर्किएका थिए ।

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।