२३ फाल्गुन २०८२, शनिबार
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विवादमा तानिएका छन् । शनिबार मध्यराति सामाजिक सञ्जालमा लेखेको पोस्टका कारण उनको आलोचना भइरहेको छ ।
करिब १२ बजे पोस्ट गरेको स्टाटसमा बालेनले अमेरिका, भारत र चीनसँगै नेपालका प्रमुख राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादी केन्द्रलाई लक्षित गर्दै अशोभनीय अंग्रेजी शब्द प्रयोग गरेका थिए । ‘तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौँ’ भन्ने आशयको वाक्यसहित उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा बालेन आलोचनाको केन्द्रमा परेका छन् ।


आलोचना बढेपछि बालेले केही समयमै स्टाटस हटाए पनि त्यसको स्क्रिनशट अहिले भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेनको पोस्टलाई आधार मान्दै आफ्ना धारणा राखिरहेका छन् ।