१५ दिनभित्र माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति

होमल्याण्ड खबर

२०८२ कार्तिक १७ गते, आईतवार १४:४४ मा प्रकाशित

सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आज बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा पुगेर सहरी विकासमन्त्री घिसिङले स्थानीय बासिन्दाको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । याेसँगै त्यहाँका स्थानीयवासी काठमाडौँको फोहोर फाल्न दिन सहमत भएका छन्।

चार दिनदेखि आन्दोलनरत पीडित स्थानीयले अनिश्चितकालका लागि फोहोर फाल्न रोक लगाएका थिए । साेही समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए ।