२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
बैठकमा हिजो महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै पेस गरेको महाधिवेशनको कार्यतालिकाबारे केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।


महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका छन्।