बरु मर्न परे यही देशमा मर्छु तर यिनीहरूलाई देश सुम्पिएर केपी ओली भाग्दैन

होमल्याण्ड खबर

२०८२ कार्तिक २२ गते, शुक्रबार १६:५० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

विद्वत वर्गको अन्तर संवादमा बोल्दै सुशीला कार्की नेतृत्वको सरकारलाई देश छाडेर आफू कतै नभाग्ने बताए।

उनले भने, ‘यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छरु मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छरु के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि। सुनेको मात्रै है, कुनै पत्र दिएको छैन।’

आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने बताए।

उनले थपे, ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आआफैं मात्रै लड्छौँ रु पार्टीहरू लड्छन् चुनाव। यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन्।’

उनले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर हरेक नेपाली आन्दोलित हुनुपर्ने समेत बताए।