राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सकिन्छ मतदाता नामावली दर्ता

होमल्याण्ड खबर

२०८२ कार्तिक २८ गते, बिहीबार १४:३१ मा प्रकाशित

निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलन गर्ने समय सीमा तोकेपछि निर्वाचन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भीड लाग्न थालेको छ ।

तर मतदाता नामावलीमा नाम दर्ता गर्न अब राष्ट्रिय परिचयपत्र हुने नागरिक अब निर्वाचन आयोग जान नपर्ने भएको छ ।  राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय परिचय पत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ ।

राष्ट्रिय परिचयपत्र हुनेहरू अब नाम, ठेगाना, जन्म मिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर समय लिएर  बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने भएको हो ।