वीर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सरकार प्रतिवद्ध : स्वास्थ्य मन्त्री

होमल्याण्ड खबर

२०८२ मंसिर २ गते, सोमबार १४:२३ मा प्रकाशित

स्वास्थ्यमन्त्री डा।सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन्। सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजी अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले अझै पनि अस्पतालमा आउने विरामीको केहि गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिइन् । अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उनले ध्यानाकर्षण गराइन् । मन्त्री गौतमले दरवन्दीको समस्या समेत समाधान गरिने उल्लेख गरे।

सो क्रममा वीर अस्पतालका अधिकारीहरूले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसीयु र एचडीयुमा ११० वेडको व्यवस्था गरिएको जानकारी गराएका थिए ।

उनीहरूले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो गरेका थिए । स्वास्थ्यमन्त्री शर्माले बीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिदै केहि बिरामीका गुनासा पनि सुनेकी थिइन्।