२३ फाल्गुन २०८२, शनिबार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो दिन सोमबार दिउँसो २ बजेसम्म ६ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ वटा राजनीतिक दलले दल दर्ता गरेका हुन् । दल दर्ताका लागि रास्वपा नेता गणेश पराजुलीसहितका नेता कार्यकर्ता आयोग पुगेका थिए ।


त्यस्तै देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दल दर्ता गराएका छन् । त्यस्तै सोही अवधिमा राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि भने नेपाल मजदुर किसान पार्टीले मात्र दर्ता गरेको छ ।