२२ फाल्गुन २०८२, शुक्रबार
आज नेपाली बजारमा सुनको मुल्यमा ह्वात्तै घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मुल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै आज चाँदीको मुल्य तोलामा ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।