कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८२ मंसिर ३ गते, मंगलवार १३:३३ मा प्रकाशित

नेपाल प्रिमियर लिग (NPL) सिजन-२ को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

ओपनर प्रियांक पञ्चालको उत्कृष्ट प्रदर्शनमा कर्णालीले पूरा ओभर खेलेर ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।

पञ्चालले ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन प्रहार गरे । उनको यो डेब्यू खेल पनि हो ।

ओपनरद्वय पञ्चाल र म्याक्स ओ’डाउडले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । ओ’डाउड ३० बलमा २० रन जोडेर आउट भए । उनीहरूले पावर प्लेमा ५१ रन जोडेका थिए ।

मार्क वाटले २० रन बनाउँदा पवन सरार्फले १६ बलमा २७ रन जोडे ।

चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवि बोपाराले एक-एक विकेट लिए ।